फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत सरकारले "सम्पूर्ण महिला रोजगारी"हुने हुलाक खोल्ने

(GMT+08:00) 2013-04-16 09:56:03

          भारतको याहु वेभसाइटका अनुसार, भारतको सूचना तथा सञ्चार मन्त्री कपिल सिबालले हालै भारत सरकारले समस्त भारतमा"सम्पूर्ण महिला रोजगारी"हुने हुलाक खोल्ने कुरा व्यक्त गर्नुभएको छ।

          श्री कपिल सिबालका अनुसार, ग्रामिण क्षेत्रमा महिला श्रम शक्ति कम भएको हुनाले पहिलो खेपको "सम्पूर्ण महिला रोजगारी"हुने हुलाक शहरी क्षेत्रमा स्थापना हुनेछ। महिला रोजगारीहरुले ती हुलाकको सँचालन गर्नेछन्। अहिलेसम्म श्री कपिल सिबालको अध्यक्षतामा नयाँ दिल्लीमा रहेका "सम्पूर्ण महिला रोजगारी"हुने दुइ वटा हुलाकको अनावरण समारोह आयोजित भइसकेको छ।

          श्री कपिल सिबालले सरकारको यस कदमको उद्देश्य स्वदेशका महिलाहरुका लागि रोजगारको अवसर बढाउनु हो भन्दै यस्तै कदमले अरु बढी महिला ग्राहकलाई आकर्षण दिनसक्ने आशा हुलाक विभागले गरेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह