फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा लामो टेलिभिजन अन्तर्वार्ताद्वारा विश्व कीर्तिमान सिर्जना

(GMT+08:00) 2013-04-16 17:15:46

         सञ्चारकर्मी रवि लामिछानेले विश्वको सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्तामा विश्व कीतिर्मान बनाएका छन् । न्युज 24 टेलिभिजनमार्फत निरन्तर 62 घन्टा 12 मिनेट अन्तर्वार्ता (टक शो) सञ्चालन गरेर लामिछानेले 'गिनिज बुक अफ विश्व रेकर्डस्'मा नाम लेखाएका हुन् । 'गिनिज बुक अफ विश्व रेकर्डस्'को मुख्यालयबाट आएका प्रवीण पटेलले लामिछानेलाई विश्व रेकर्डको प्रमाणपत्र दिएका छन् ।

         रेकर्ड राखेपछि लामिछानेले यसलाई 'व्यक्तिगत रेकर्ड राख्ने कुरा भन्दा पनि मुलुकलाई चिनाउने र बुद्घ नेपालमा जन्मेका हुन् भन्ने सन्देश संसारभर फैलाउने अभियान भएको बताए । उनले यो अभियान सुरु मात्र भएको र अझै अन्य विभिन्न कार्यक्रम गर्ने घोषणा समेत गरे । यसका लागि 10 लाखको हस्ताक्षर संयुक्त राष्ट्रसंघमा बुझाउने लामिछानले जानकारी दिए।

          युक्रेनका दुई प्रस्तोताले सन् 2011 मा युक्रेनको 'च्यानल फाइव टिभी'मा बनाएको 52 घण्टाको रेकर्ड लामिछानेले तोडेका हुन् । 11 अप्रिलको बिहान 10:34 देखि 'विश्वले चिन्नेछ नेपाल' नाम दिएर अन्तर्वार्ता कार्यक्रम थालेका लामिछानेले गत शनिबार राति 10:34 मा 60 घन्टाको लक्ष्य पूरा गरेका हुन्।

          एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अन्तर्वार्ताबाट सुरु भएको कार्यक्रम चर्चित अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अन्तर्वार्ताबाट समापन भएको थियो । कुनै बेलाका चर्चित टेलिभिजन प्रस्तोता लामिछाने अमेरिकाको बाल्टिमोरमा रहेको एक रेस्टुरेन्टका व्यवस्थापक हुन् । गिनिज बुकमा विश्वकै सबैभन्दा लामो समयसम्म अन्तवार्ता (टक शो) गर्ने अभिप्रायले विश्वको टेलिभिजन इतिहासमै पहिलोपटक नेपालमा न्यूज 24 टेलिभिजनले सुरु गरेको 'म्याराथन टक शो' गत शनिबार राति 11 बजे सकिएको थियो ।

          अन्तर्वार्तामा एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य, तमलोपाका हृदयेश त्रिपाठीलगायतले भाग लिएका थिए । त्यस्तै, भारतीय राजदूत जयन्त प्रसाद, गीतकार कालीप्रसाद रिजाल, कुमार बस्नेत, हास्यकलाकार सीताराम कट्टेल, डा.भगवान कोइराला, डा. भोला रिजाल, नीर शाहलगायत एक सय भन्दा बढी सहभागी थिए ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह