फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्युत मूल्यवृद्धिबारे टाटा विद्युत कम्पनीको निवेदन अनुमोदित

(GMT+08:00) 2013-04-17 17:39:04

          भारतस्थित याहू वेभसाइटले अप्रिल सोह्र तारिखका दिन सार्वजनिक गरेको एउटा सूचना जनाएअनुसार, भारतीय केन्द्रीय विद्युत अनुगमन र व्यवस्थापन समितिले हाल टाटा विद्युत कम्पनीद्बारा प्रस्तुत गरिएको विद्युत मूल्य बढाउने निवेदनलाई अनुमोदन गरेको छ। त्यसअघि टाटा विद्युत कम्पनीले कोइलाको भाउ बढेको कारण देखाउँदै विद्युत मूल्यलाई पनि बढाउनका लागि निवेदन प्रस्तुत गरेको थियो।

          देशभित्र कोइलाको उत्पादन र आपूर्ति अभाव भएको कारण टाटा विद्युत कम्पनी र आदानी विद्युत कम्पनी लगायतका कम्पनीहरूले विदेशबाट निकै महङ्गोमा कोइलाको आयात गर्नुपर्छ। टाटा विद्युत कम्पनीले लामो समययता इण्डोनेशियाबाट कोइला खरिद गर्दैआएको छ। आफ्नो कोइलाको मूल्यलाई अन्तर्राष्ट्रिय स्टाण्डर्ड मूल्यसँग जोड्ने इण्डोनेशियाको कदमले टाटा विद्युत कम्पनीले बाध्य भएर अझ बढी पूँजीको प्रयोग गर्नुपरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह