फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा हिंसात्मक घटना

(GMT+08:00) 2013-04-17 10:54:35

        पाकिस्तानी सञ्चारमाध्यमले सोह्र तारिखका दिन जनाएअनुसार, मंगलबार पाकिस्तानका धेरै स्थानमा हिंसात्मक घटना हुँदा केही मानिसको ज्यान जानुका साथै कैंयौं घाइते भएका छन्।

         पाकिस्तानी अवामी नेशनल पार्टीद्बारा हिजै राति उत्तर-पश्चिमी शहर पेशावरमा आयोजित एक राजनीतिक भेलामा आत्मघाती बम विस्फोट गराइँदा कम्तीमा पन्ध्रजनाको ज्यान जानुका साथै अन्य पैंतालीसभन्दा बढी मानिस घाइते भएका छन्।

          सोही दिन पाकिस्तानी मुस्लिम लीग(नवाज शरिफ समूह)का क्षेत्रीय नेताको एउटा गाडी पाकिस्तानी दक्षिण-पश्चिमी भागमा पर्ने बलुचिस्तान प्रान्तको घुज्दार क्षेत्रमा पुग्दा बम आक्रमणमा परेको थियो। त्यसमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य पच्चीसजना घाइते भएका छन्।

          तत्कालै कुनै पनि संगठनले उक्त दुई आक्रमणका घटनाको जिम्मेवारी लिएको छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह