फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरान र पाकिस्तानको सीमाक्षेत्रमा 7.5 रेक्टर स्केलको भूकम्प

(GMT+08:00) 2013-04-17 09:57:57

         अप्रिल 16 तारिखका दिन साँझ छ बजेर 44 मिनेट जाँदा इरानको दक्षिण-पूर्वी तथा पाकिस्तानसँग सीमा जोडिएको क्षेत्रमा 7.5 रेक्टर स्केलको विनाशकारी भूकम्प गएको छ। इरान, पाकिस्तान, भारत, कतार, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको छ। नयाँ दिल्ली, दुबई आदि शहरका बासिन्दाहरु भूकम्पको झट्का महसुस गर्नेवित्तिकै सडकमा भागाभाग गरेका देखिन्थे। त्यसबाट इरान र भारतमा ठूलो जन–धनको क्षति नभएपनि पाकिस्तानमा भने 34 जनाको मृत्यु भएको छ।

         इरानी रेड क्रीसेंटले भूकम्पग्रस्त क्षेत्रमा प्रकोपको क्षति अध्ययन टोली र केही उपचार टोली पठाइसकिएको जनाएको छ। भूकम्प केन्द्र बसोबास कम भएको मरुभूमि क्षेत्र भएको र भूकम्पको सुरुवातको गहिराई 95 किटोमिटर रहेकाले 17 तारिख विहान सबेरै एक जनाको मात्रै मृत्यु भएको इरानले पुष्टी गरेको छ।

          इरान सरकारद्बारा सार्वजनिक सूचना अनुसार, भूकम्प गएको प्रान्तमा आणविक प्रबन्ध नहुनुका साथै भूकम्पको केन्द्र बुशेह्र आणविक केन्द्रदेखि टाढा रहेको थियो।

           तर इरानको छिमेकी मुलुक पाकिस्तानमा भने हताहतको संख्या बढी छ। 17 तारिख विहानसम्म मृतकको संख्य 34 पुगेको छ। सरकारले दुईवटा सैन्य हेलिकोप्टरद्बारा चिकित्सकलाई प्रकोपग्रस्त क्षेत्रमा पठाएको छ। पाकिस्तानस्थित चिनियाँ दुतावासले हालसम्म भूकम्पमा कुनै चिनियाँ नागरिक हताहत नभएको जनाएको छ।

           भारतको नयाँ दिल्ली र पूरै उत्तरी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो। तर 16 तारिख रातिसम्म भारतमा हताहतको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको थिएन।

           भूकम्प गएपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले वक्तव्य प्रकाशित गरेर मृतकका परिवार र घाइतेहरुलाई समवेदना प्रकट गर्नुका साथै प्रकोपग्रस्त क्षेत्रका नागरिकको सुरक्षाको कामना गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह