फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विनाशकारी भूकम्पमा परी पाकिस्तानका चालीस जनाको मृत्यु

(GMT+08:00) 2013-04-17 17:02:54

         पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका अधिकृतले आज दिनुभएको जानकारीका अनुसार, पाकिस्तानमा हिजो दिउँसो गएको सात दशमलब नौ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी चालीस जनाको मृत्यु हुनुका साथै अरु तीन सय घाइते भएका छन्।

          भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्र पाकिस्तानको दक्षिण-पश्चिमी भागमा पर्ने बालोचिस्टान प्रान्तमा रहेको माश्केर गाउँ हो। भूकम्पमा परी कम्तीमा चौंतीस जनाको मृत्यु हुनुका साथै एक सय पचास घाइते भएका छन्। घाइतेहरुलाई नजीकै ठाउँमा पर्ने अस्पतालमा पुर्‍याइएका छन्।

            स्थानीय सञ्चार माध्यमका अनुसार, माश्केर गाउँ बालोचिस्टान प्रान्तको सदरमूकाम कुएटाबाट पाँच सय चौध किलोमिटरको दूरीमा रहेको पहाडमा रहेको कारण त्यसलाई उद्धार गर्न धेरै गाह्रो छ। अहिले चिकित्सक, खाद्य पदार्थ, औषधी तथा पालहरुलाई सैनिक हेलिकोप्टरमार्फत तत्स्थानमा पुर्‍याइएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह