फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली जिब्रो छेड्ने पर्वमा एक नेपालीले पाँच पटक जिब्रो छेदन

(GMT+08:00) 2013-04-17 18:22:32

          तीन दिनदेखि निराहार बसेर मध्यपुरठिमी-1 बोडेका जुजुभाइ बासँ श्रेष्ठले यसबर्षको बिस्केट जात्राका उपलक्ष्यमा गत सोमबार पाँचौँ पटक जिब्रो छेडाएका छन् । 32 बर्षीय उनले थकान र भोक बिर्सँदै दर्शकका अगाडि हँसिलो मुहारमा एक फिट लामो फलामको सियोले कोमल जिब्रो छेडाए।

           विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाएका जुजुभाइ जिब्रोमा घोपेर बोडेको नगर घुम्दा धेरैका अघि नायक बने । ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक गरेका उनी एक छोराको बाबु हुन्। भक्तपुर र काठमाडौंमा आधा दर्जन विद्यालयमा चित्रकला सिकाउँदै आएका जुजुभाई आमा तीर्थमाया र बुबा सानुभाइका माइला छोरा हुन्। परम्परादेखि मनाउँदै आएको जात्रालाई लोप हुन नदिन आफूले जिब्रो छेड्ने कार्यलाई निरन्तरता दिएको उनले बताए।

           जिब्रो छेड्ने सियो दुई साताअघि बनाइएको हो । फलामको एक फिट लामो सुइरोलाई एक साता ग्रिजमा र अर्को साता तोरीको तेलमा डुबाएर राखिएको थियो।एक फिट लामो सुइरो प्रत्येक वर्ष स्थानीय धर्मलाल नकर्मीले बनाउने गरेका छन् । बिस्केट जात्राको छैठौं दिन भक्तपुर बोडेमा यो जात्रा मनाइन्छ।

           विष्णुघाट पाँचोगणेश मन्दिरअगाडि कर्मी नाइके कृष्णचन्द्र बाघ श्रेष्ठले एक फिट लामो फलामे सियोले जुजुभाइको जिब्रो छेडिदिए । यसअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवतासँग प्रार्थना गरेका थिए। जिब्रो छेडेपछि रगत आउानु हुँदैन।रगत आए अनिष्ट हुने विश्वास छ।रगत नआएपछि जुजुभाइले भने, 'जिब्रो छेडेर रगत नआएपछि मेरो हर्षको सीमा रहेन, दुखाइ त बिर्सिएछु, तीन दिनको भोक पनि हरायो, अनि सबैलाई सम्बोधन गरें। जिब्रो छेडिएपछि अर्धचन्द्राकारको महादीप बालेर काँधमा बोकाई सहर घुमाइएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह