फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विकसित मुलुकलाई वास्तविक गतिविधिमार्फत जलवायु परिवर्तनको सामना गर्न भारतीय प्रधानमन्त्रीको आह्वान

(GMT+08:00) 2013-04-18 10:13:12

          भारतीय प्रधानमन्त्री मनमोहन सिंहले सत्र तारिखका दिन विकसित मुलुकले मौसम परिवर्तनको सामना गर्नका लागि वास्तविक कारवाही अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ। उहाँले नयाँ दिल्लीमा आयोजित चौथो स्वच्छ ऊर्जा मन्त्रीस्तरीय सम्मेलनको उद्धाटन समारोहमा उक्त कुरा बताउनुभएको हो।

          उहाँले सारा पृथ्वीमा ‌ताप गृहको ग्याँस निष्काशनको सन्दर्भमा प्राय:जसो दायित्व विकसित मुलुकमै रहेका कारण ती मुलुकहरूले अझ बढी कार्यभार बहन गर्नुपर्ने कुरामा जोड दिनुभयो।

           स्वच्छ ऊर्जा मन्त्रीस्तरीय सम्मेलन नयाँ उर्जाको कसरी विकास गर्ने र सारा पृथ्वीको उष्णतालाई न्यूनीकरण गर्न प्रयास गर्ने एक अन्तर्राष्ट्रिय मञ्च हो। उक्त चौथो सम्मेलन अप्रिल सत्रदेखि अठार तारिखसम्म नयाँ दिल्लीमा आयोजना गरिएको छ। बीसभन्दा बढी मुख्य मुलुकका ऊर्जा मन्त्रीहरूको त्यस सम्मेलनमा उपस्थिति थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह