फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण एशियासँग आर्थिक विकास गर्ने शक्ति बढेको तर जोखिम धेरै

(GMT+08:00) 2013-04-18 16:46:58

         दक्षिण एशियाली देशहरूको आर्थिक विकास गर्ने शक्ति बढेको छ तर विकासका लागि धेरै जोखिम विद्यमान रहेको एक प्रतिवेदनले देखाएको छ।दक्षिण एशियाली आर्थिक फोकस रिपोर्टको पछिल्लो प्रतिवेदनअनुसार, दक्षिण एशियामा गरिबीको रेखामुनि परेकाहरूको सङ्ख्या अत्यधीक भएको र दरिलो लगानी वातावरण नभएको कारणले नै आर्थिक विकास राम्ररी हुन नसकेको हो।

         सन् 2012 मा निकालिएको आङ्कडामा दक्षिण एशियाका अफ्गानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिप्स, नेपाल, पाकिस्तान र श्रीलङ्काको संयुक्त आर्थिक वृद्धि 4.7 प्रतिशत रहेको थियो।

          समाचारमा जनाइएअनुसार, उल्लेखित देशहरूको अब चालुवर्षमा हुने आर्थिक वृद्धि भने 5.5 प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह