फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैन्य शासक मुशर्रफ पक्राउ

(GMT+08:00) 2013-04-19 17:35:15

          पाकिस्तानका पूर्व सैन्य शासक तथा पूर्व राष्ट्रपति परवेज मुशर्रफ आज शुक्रबार बिहान पक्राउ परेका छन्।

           उनलाई नियन्त्रणमा लिएर प्रहरीले इस्लामावादको स्थानीय अदालतमा पेश गरेको छ । प्रहरीले उनलाई इस्लामावाद नजिकैको उनकै निबासबाट नियन्त्रणमा लिएको थियो । प्रहरी घेराका बीच अदालतमा उपस्थित गराउँदा मुशर्रफ निकै चिन्तित देखिएको जनाइएको छ ।

           अदालतले गत बिहीबार मात्र जमानत खारेज गर्दै मुशर्रफलाई पक्राउ गर्न आदेश दिएको थियो । सन् 2007 मा सत्तामा रहेका बेला सर्वोच्च अदालतका न्यायाधीशलाई गैर कानुनी रुपमा हिरासतमा राखेको आरोपमा अदालतले मुशर्रफलाई पक्राउ गर्न आदेश दिएको खबर छ ।

           आदेश दिँदा अदालतमै उपस्थित मुशर्रफ लगतै फरार भएका थिए । उता अदालतमै रहेका बेला पक्राउ नगरेको भनी इस्लामावादका प्रहरी प्रमुखलाई आज अदालतमा उपस्थित हुन भनिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह