फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका पाँचतारे होटलमा रहेका क्यासिनोले कर तिर्न नसक्दा क्यासिनो नै बन्द हुने अवस्थामा

(GMT+08:00) 2013-04-20 16:42:39

           नेपालका पाँचतारे होटलमा रहेका क्यासिनोले निर्धारित समयमा सरकारी कर नतिरेको कारणले तिनीहरूको लाइसेन्स नवीकरण हुन सकेको छैन। यसरी हेर्दा ती क्यासिनोहरू नै बन्द हुने अवस्था आउन सक्ने सरोकारवालहरूले बताएका छन्।मुख्यतया नेपालको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसप्रति चासो देखाएको बुझिएको छ।

          नेपालमा रहेका जम्मा 10 वटा क्यासिनोमध्ये नौवटा त कुनै पनि कानुनी इजाजतबिना नै चलिरहेको चर्चा बाहिर आएको छ।ती क्यासिनोहरूले नेपाल सरकारलाई तिर्न बाँकी कर रकम 63 लाख अमेरिकी डलर रहेको छ।

           त्यस्ता क्यासिनोले राखेको कारोबार पूर्णत: अवैधानिक बन्न गएको कुरा राष्ट्र बैंकका उच्च अधिकारीले समेत बताएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह