फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वान प्रान्तको लु शान जिल्लामा गएको भयङ्कर भूकम्पमा परी एक सय साठी जनाको मृत्यु

(GMT+08:00) 2013-04-21 10:38:07

           चिनियाँ भूकम्प विभागबाट प्राप्त समाचारअनुसार, अप्रिल बीस तारिख राती बाह्र बजेर चालीस मिनेट जाँदासम्म स छ्वान प्रान्तको लु शान जिल्लामा गएको सात रेक्टर स्केलको भूकम्पमा परी एक सय साठी जनाको मृत्यु भएको छ।

          बीस तारिख दिउँसो चीनका प्रधानमन्त्री लि ख छ्याङ भूकम्प उद्धारका मालबाहक हेलिकोप्टरबाट भूकम्प प्रभावित क्षेत्र जानुभयो। उहाँले अस्पताल, भग्नावशेष तथा पालमा गएर चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा राज्य परिषदको तर्फबाट मृतकहरुलाई गहन रुपमा शोक व्यक्त गर्नुभयो। यसका साथै उहाँले घाइते तथा प्रकोपग्रस्त सर्वसाधारणलाई हार्दिक समवेदना दिएर तत्स्थानमा प्रकोप उद्धार क्रियाकलापको निर्देशन दिनुभयो। हिजै राति उहाँले भूकम्पप्रतिरोधी प्रकोप उद्धार कार्य सम्मेलनको आयोजना गरी प्रकोप उद्धार परिस्थितिको अनुसन्धान गरी आगामी पाइलाको बन्दोबस्त मिलाउनुभयो।

         राष्ट्रिय भूकम्प प्रकोपको जरुरी उद्धार टोली एकाइस तारिख बिहान सबेरै भूकम्पबाट पीडित क्षेत्र गएर जरुरी उद्धार कार्य थालेको छ।

         भूकम्पपछि अन्तर्राष्ट्रिय समाजले प्रकोपको परिस्थिति तथा चीन सरकारको उद्धार कार्यमा ध्यान दिएको छ। रुस तथा फ्रान्स सरकारले सहायता पुर्‍याउने इच्छा व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह