फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वान प्रान्तको लु शान जिल्लामा गएको ठूलो भूकम्पमा परी एक सय त्रीयानब्बे जनाको मृत्यु वा बेपत्ता

(GMT+08:00) 2013-04-21 12:39:15

          चिनियाँ भूकम्प विभागबाट प्राप्त समाचारअनुसार, अप्रिल एकाइस तारिख बिहान दश बजेर तीस मिनेट जाँदासम्म स छ्वान प्रान्तको लु शान जिल्लामा गएको सात रेक्टर स्केलको भूकम्पमा परी एक सय त्रीयानब्बे जनाको मृत्यु वा बेपत्ता हुनुका साथै दश हजार पाँच सय चौहत्तर घाइते भएका छन्।

          बीस तारिख दिउँसो चीनका प्रधानमन्त्री ली ख छ्याङ भूकम्प उद्धार गर्ने सामान बोक्ने हेलिकोप्टरबाट भूकम्पबाट प्रभावित क्षेत्र जानुभयो। उहाँले अस्पताल, भग्नावशेष तथा पालमा गएर चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा राज्य परिषदको तर्फबाट मृतकहरुलाई गहन रुपमा शोक व्यक्त गर्नुभयो। यसका साथै उहाँले घाइते तथा प्रकोपग्रस्त सर्वसाधारणलाई हार्दिक समवेदना दिएर तत्स्थानमा प्रकोप उद्धारसम्बन्धी निर्देशन दिनुभयो। आज बिहान भूकम्पबाट प्रभावित या आन शहरमा प्रकोप उद्धार कार्य निर्देशन दिने चीनका प्रधानमन्त्री ली ख छ्याङले अब उप्रान्त जोडतोडसँग सुनौलो अवधिमा निर्णायक कुरा गर्ने तथा मानव प्राण बचाउने कार्य पहिलो स्थानमा राख्नुनुपर्ने बताउनुभयो।

          राष्ट्रिय भूकम्प प्रकोपको जरुरी उद्धार टोली एकाइस तारिख बिहान सबेरै भूकम्पबाट पीडित क्षेत्र गएर जरुरी उद्धार कार्य थालेको छ।

          भूकम्पपछि अन्तर्राष्ट्रिय समाजले प्रकोपको परिस्थिति तथा चीन सरकारको उद्धार कार्यप्रति ध्यान दिएको छ। रुस, जापान, बेलायत, फ्रान्स, अर्जेन्टिना तथा मेक्सिकोलगायत मुलुकहरुले चीनको भूकम्पमा मर्ने र घाइते हुनेहरूप्रति समवेदना व्यक्त गर्नुका साथै सहायता पुर्‍याउने इच्छा व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह