फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानको उत्तर-पश्चिमी भागमा गराइएको आत्मघाती विस्फोटमा परी पाँच जनाको मृत्यु

(GMT+08:00) 2013-04-21 10:41:12

        पाकिस्तानी सञ्चार माध्यमका अनुसार, पाकिस्तानको उत्तर-पश्चिमी भागमा पर्ने बाजाउर जनजातीय क्षेत्रमा बीस तारिख एउटा आत्मघाती विस्फोट गराइएको छ। जसबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै चार घाइते भएका छन्।

        प्राप्त समाचारअनुसार, आत्मघाती बम भएको कोट लाएकी एकजना महिलालाई बीस तारिख दिउँसो बाजाउर जातीय क्षेत्रको एउटा अस्पतालको ढोकाअगाडि सुरक्षाकर्मीले सुरक्षा जाँच गरिरहेको बेलामा उनले बम पड्काएकी थिइन्।

        पाकिस्तानको सुरक्षा फौजले घटनास्थललाई सीलबन्दी गर्नुका साथै नजीकै ठाउँमा खोजतलाशी गतिबिधि चलाएको छ। घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ। अहिलेसम्म कुनै पनि सङ्गठनले यस विस्फोटको जिम्मेवारी लिएको छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह