फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा प्रकोप उद्धार सामग्री पर्याप्त रहेकाले अस्थायी रुपमा विदेशी उद्बार नचाहिने चीनको परराष्ट्र मन्त्रालयको भनाइ

(GMT+08:00) 2013-04-21 15:46:14

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले एकाईस तारिखका दिन चीनसँग खोजतशाली, उद्धार र चिकित्सा शक्ति सुनिश्चित हुनुका साथै प्रकोप उद्धार सामग्री पर्याप्त भएकाले अस्थायी रुपमा विदेशी उद्धार टोली, चिकित्सा टोली र प्रकोप उद्धार सामग्रीहरू नचाहिने कुरा बताउनुभयो।

          उहाँले चीनको स छ्वान या आनको लु शान जिल्लामा भूकम्प गएपछि अन्तर्राष्ट्रिय समूदायले विभिन्न किसिमका सहायता प्रदान गर्ने मनसाय लिएको विषयबारे चर्चा गर्दै उक्त कुरा औंल्याउनुभएको हो।

           प्रवक्ता छिनका अनुसार, अप्रिल बीस तारिखका दिन चीनको या आनको लु शान जिल्लामा भूकम्प गएपछि अन्तर्राष्ट्रिय समूदायले तुरुन्तै चीन सरकार तथा चिनियाँ जनतालाई समर्थन दिएका थिए। केही मुलुकहरूले विभिन्न खालका सहायता दिने इच्छा पनि प्रस्तुत गरेका छन्। चीन सरकार तथा चिनियाँ जनताले ती मुलुकप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्।

           हाल चीन सरकार जोडतोडसँग प्रकोप उद्धार कार्य गरिरहेको जानकारी पनि प्रवक्ता छिनले दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह