फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्बारा या आनमा गएको भूकम्पप्रति उच्च ध्यान

(GMT+08:00) 2013-04-21 16:48:02

         "अप्रिल बीस"या आनमा बिनाशकारी भूकम्प गएपछि अन्तर्राष्ट्रिय समाजले बेग्ला-बेग्लैगरी प्रकोपको अवस्थामा ध्यान दिएका छन्। अधिकांश मुलुकहरूले चीनलाई चाहिने अवस्थामा प्रकोपग्रस्त क्षेत्रतर्फ अन्तर्राष्ट्रिय सहायता दिने इच्छा पनि व्यक्त गरेका छन्।

         अमेरिकी विदेशमन्त्री जोन केरीले अमेरिकी विदेश मन्त्रालयको वेभसाइटमार्फत एउटा वक्तव्य प्रकाशित गरी स छ्वान भूकम्प पीडित तथा सर्वसाधारणलाई अभिवादन गर्नुभयो।

          गणतन्त्र कोरियाली राष्ट्रपति पार्क क्वेन ह्यीले एकाईस तारिखका दिन चिनियाँ राष्ट्राध्यक्ष सि चिन फिङ्गलाई एक सन्देश पठाउँदै या आन भूकम्पप्रति चीनप्रति हार्दिक सान्त्वना प्रकट गर्नुभयो।

          चीनका लागि जापानी राजदूत मासातो कितेराले बीस तारिखका दिन स छ्वान भूकम्पबारे चीनलाई एउटा समवेदना सन्देश पठाउनुभएको छ।

           यसबाहेक, पोल्याण्ड, बेलायत, जर्मनी, फ्रान्स, कतार र मेक्सिको आदि मुलुकले पनि विभिन्न तरिकामार्फत चीनलाई अभिवादन दिनुका साथै समर्थन र सहायता दिने इच्छा पनि व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह