फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुनको भाउ बढेर साढे 50 हजार पुग्यो

(GMT+08:00) 2013-04-21 16:57:38

        आज आइतबार पनि नेपाली बजारमा सुनको भाउ तोलामा 5 सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको 50 हजार 5 सय रुपैयाँ तोकेको छ । गत शुक्रबार छापावाला सुनको मूल्य तोलाको 50 हजार रुपैयाँ कायम थियो ।

         आज वा आइतबार बजारमा तेजाबी सुन तोलाको 50 हजार 2 सय 50 रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउमा भने कुनै परिवर्तन भएको छैन् । महासंघका अनुसार आइतबार बजारमा चाँदी तोलाको 8 सय 98 रुपैयाँमा कारोबार भईरहेको छ ।

          अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा सुधार हुँदै गएपछि नेपाली बजारमा पनि सुनको भाउ बढ्दै गएको महासंघका महासचिव माणिक रत्न शाक्यले बताउनुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह