फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा कृषि ऋणमा 3 प्रतिशत छुट

(GMT+08:00) 2013-04-21 16:58:29

          सरकारले कृषि ऋणमा 3 प्रतिशत छुट दिने कार्यक्रम ल्याउने भएको छ । कृषि विकासमन्त्री टेकबहादुर घर्तीथापाले आगामी आर्थिक वर्षको बजेटमा कृषि परियोजनाका लागि कृषकले लिएको ऋणमा 3 प्रतिशत छुट दिने बताएका हुन् । "त्यसका लागि आवश्यक रणनीति अंगालिने र सरकारी–निजी सहकार्यमा केही नयाँ कार्यक्रम ल्याइनेछ," उनले भने ।

          यसअघि, सरकारले चालू आवको बजेटमा कृषि क्षेत्रलाई प्रोत्साहित गर्न कृषि बिमाको बिमाशुल्कमा 50 प्रतिशत छुट दिने व्यवस्था अघि सारेको छ । "रासायनिक मलको सहज उपलब्धताका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ," उनले भने, "मलको सञ्चिति कायम गर्ने र स्वदेशमै कारखाना स्थापना गरिने कार्यक्रम छन् ।"

          चालू आवमा लागू भएको कृषि बिमालाई प्रभावकारी बनाई कृषि ऋणमा समेत सुधार गर्दै सहज रूपमा कृषि ऋण उपलब्ध गराउने वातावरण तयार गरिने उनले बताए ।

           गत शनिबार बल्खु कृषि तथा तरकारी बजारमा सम्पन्न अन्तरक्रियामा उनले विगतमा कृषि कार्यक्रम आए पनि अधिक समस्या सम्बोधन नभएकाले यसपटक बजेटलाई कृषि समस्यामा केन्द्रित गरिने स्पष्ट पारे । आगामी आवको बजेट तथा कार्यक्रम कृषकले प्रत्यक्ष महसुस गर्ने गरी आउने उनले दाबी गरे ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह