फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

औषधिमा भएको घोटालाबिरुद्ध भएको प्रदर्शनमा भारत प्रशासित कश्मिरको जनजीवन प्रभावित

(GMT+08:00) 2013-04-21 17:00:28

          भारत प्रशासित काश्मिरको सदरमुकाम श्रीनगरसमेत प्रभावित हुनेगरी भएको प्रदर्शनका कारणले जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। मुस्लिम बाहुल्य रहेको श्रीनगर शहरमा औषधिमा भएको घोटालाबिरुद्ध भएको प्रदर्शनमा जनजीवन प्रभावित भएको हो।हिजो शनिबार प्रदर्शनकारीहरूले बन्दको आह्वान गरेका थिए।

          नक्कली औषधिको बिगबिगी भएको भन्दै त्यस्ता औषधिको आपूर्ति रोकिनुपर्ने प्रदर्शनकारीहरूको आरोप रहेको छ।त्यहाँको पृथकतावादी गठबन्धनले यस्तो आह्वान गरेको पनि बुझिएको छ।

          हुरियात समूह भन्ने समूहका नेता शायद अली गिलानीको नेतृत्वमा बन्दको आह्वान भएको हो।सरकारले नक्कली औषधिको आपूर्ति तुरुन्तै रोकेर दोषीलाई कार्बाही गर्न पनि आह्वान गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह