फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वानमा गएको भुकम्पबाट भएको क्षतिप्रति नेपालीहरूद्वारा दुख व्यक्त

(GMT+08:00) 2013-04-21 17:02:58

         स छ्वानमा हिजो बिहान गएको भुकम्पबाट भएको क्षतिप्रति नेपालीहरूले दुख व्यक्त गरेका छन्।नेपालको क्यापिटल एफ एमका अध्यक्ष प्रकाशबाबु पौडेलले आफ्नो समवेदना सन्देशमा लेख्नुहुन्छ- "स छ्वान प्रान्तको लु शान जिल्लामा गएको सात रेक्टर स्केलको बिनाशकारी भयङ्कर भूकम्पमा परी एक सय साट्ठी जनाको मृत्युभएको खबरले म ज्यादै दुखी भएको छु ।आफना परिवार गुमाएका लु शान जिल्लाका जनताप्रति सहनुभूति ब्यक्त गर्दै क्यापिटल एफ एम को तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु । साथै यो आपतको सामना गर्न चीनको केन्द्रीय तथा स छुवान प्रान्तको जन सरकार सक्षम हुने विश्वास लिएको छु।

         यसैगरेर नवज्योति सि. आर.आई. श्रोता क्लव झेनाम - 3, रोल्पा राप्तीका अध्यक्ष महेन्द्र रोकाले पनि आफ्नो समवेदना सन्देशमा लेख्नुभएको छ-"स छवान प्रान्तमा हालै गएको भूकम्पबाट भएको धनजनको क्षतिको दु:ख प्रकट गर्न चाहन्छु । साथै पीडित तथा घाईतेहरुलाई धैर्य धारण गर्ने शक्ति मिलोस् अनि प्रभावित क्षेत्रमा छिटो छरितो सफलतापूर्वक उद्दार गर्न सम्पूर्ण चिनियाँहरुलाई अदम्य साहस मिलोस् मेरो कामना!"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह