चीनको स छुआन प्रान्तको या आन शहरको लु शान जिल्लामा भयङ्कर भूकम्प गएपछि चीनको राज्य परिषदअन्तर्गत थाइवान मामिला कार्यालय र थाइवान जल डमरु वारपार सम्बन्ध संघले तुरुन्तै आकस्मिक घटनाको सामना प्रणाली कार्यान्वयन शुरु गरेका छन्। तिनीहरुले भूकम्पग्रस्त क्षेत्रमा बस्ने थाइवानेली देशबन्धु र थाइवानको पूँजीमा स्थापित व्यवसायको अवस्थाबारे जानकारी लिनुका साथै स छुआन प्रान्तको थाइवान मामिला कार्यालयसँग थाइवानेली देशबन्धु र थाइवानेली व्यवसायलाई जरुरी उद्धार गर्ने माग पनि प्रस्तुत गरेका छन्। हालसम्म थाइवानेली देशबन्धु र थाइवानेली व्यवसायको धनजनको क्षतिबारे प्रतिवेदन पाइएको छैन।
लु शान जिल्लामा गएको भयङ्कर भूकम्पपछि थाइवानेली सत्ताका नेता र समाजका विभिन्न क्षेत्रले छुट्टाछुट्टै रुपमा भूकम्पग्रस्त क्षेत्रप्रति ख्यालबिचार र समवेदना व्यक्त गरेका छन्। थाइवान जल डमरु आदान-प्रदान प्रतिष्ठानले थाइवान जल डमरु वारपार सम्बन्ध संघलाई सन्देश पठाएर आफ्नो समवेदना र ख्याल प्रकट गरी सहयोगको प्रदान गर्ने इच्छा पनि व्यक्त गरेको छ। थाइवानको रेडक्रस सोसाइटीले प्रकोपग्रस्त क्षेत्रमा 50 लाख चिनियाँ युआनको चन्दा प्रदान गरेको छ।