फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लु आन भूकम्पसम्बन्धी पछिल्लो जानकारी

(GMT+08:00) 2013-04-21 18:21:45

             स छ्वान प्रान्तीय नागरिक मामिला विभागबाट प्राप्त समाचारअनुसार, अप्रिल एकाइस तारिख बेलुकी पाँच बजेसम्म स छ्वान प्रान्तको लु शान जिल्लामा गएको सात रेक्टर स्केलको भूकम्पमा परी एक सय चौरासी जनाको ज्यान जानुका साथै चौबीसजना बेपत्ता भएका छन्। यसबाहेक, अन्य एघार हजार आठ सय छब्बीस जना घाइते भएका छन्।

             प्राप्त जानकारीअनुसार, प्रधानमन्त्री लि ख छ्याङ्गले प्रकोप स्थलको वास्तविक अवस्थाबारे जानकारी लिएपछि प्रकोप उद्धार कार्यबारे चौतर्फी रुपमा बन्दोबस्त मिलाउनुभयो। उहाँ आजै दिउँसो पैचिङ्ग फर्कनुभयो।

            बीस तारिख दिउँसो चीनका प्रधानमन्त्री ली ख छ्याङ भूकम्प उद्धार गर्ने सामान बोक्ने हेलिकोप्टरबाट भूकम्पबाट प्रभावित क्षेत्र जानुभयो। उहाँले अस्पताल, भग्नावशेष तथा पालमा गएर चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा राज्य परिषदको तर्फबाट मृतकहरुलाई गहन रुपमा शोक व्यक्त गर्नुभयो। यसका साथै उहाँले घाइते तथा प्रकोपग्रस्त सर्वसाधारणलाई हार्दिक समवेदना दिएर तत्स्थानमा प्रकोप उद्धारसम्बन्धी निर्देशन दिनुभयो। आज बिहान भूकम्पबाट प्रभावित या आन शहरमा प्रकोप उद्धार कार्य निर्देशन दिने चीनका प्रधानमन्त्री ली ख छ्याङले अब उप्रान्त जोडतोडसँग सुनौलो अवधिमा निर्णायक कुरा गर्ने तथा मानव प्राण बचाउने कार्य पहिलो स्थानमा राख्नुनुपर्ने बताउनुभयो।

            राष्ट्रिय भूकम्प प्रकोपको जरुरी उद्धार टोली एकाइस तारिख बिहान सबेरै भूकम्पबाट पीडित क्षेत्र गएर जरुरी उद्धार कार्य थालेको छ।

           "अप्रिल बीस"या आनमा बिनाशकारी भूकम्प गएपछि अन्तर्राष्ट्रिय समाजले बेग्ला-बेग्लैगरी प्रकोपको अवस्थामा ध्यान दिएका छन्। अधिकांश मुलुकहरूले चीनलाई चाहिने अवस्थामा प्रकोपग्रस्त क्षेत्रतर्फ अन्तर्राष्ट्रिय सहायता दिने इच्छा पनि व्यक्त गरेका छन्।

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले एकाईस तारिखका दिन चीनसँग खोजतशाली, उद्धार र चिकित्सा शक्ति सुनिश्चित हुनुका साथै प्रकोप उद्धार सामग्री पर्याप्त भएकाले अस्थायी रुपमा विदेशी उद्धार टोली, चिकित्सा टोली र प्रकोप उद्धार सामग्रीहरू नचाहिने कुरा बताउनुभयो।

             उहाँले चीनको स छ्वान या आनको लु शान जिल्लामा भूकम्प गएपछि अन्तर्राष्ट्रिय समूदायले विभिन्न किसिमका सहायता प्रदान गर्ने मनसाय लिएको विषयबारे चर्चा गर्दै उक्त कुरा औंल्याउनुभएको हो।

              प्रवक्ता छिनका अनुसार, अप्रिल बीस तारिखका दिन चीनको या आनको लु शान जिल्लामा भूकम्प गएपछि अन्तर्राष्ट्रिय समूदायले तुरुन्तै चीन सरकार तथा चिनियाँ जनतालाई समर्थन दिएका थिए। केही मुलुकहरूले विभिन्न खालका सहायता दिने इच्छा पनि प्रस्तुत गरेका छन्। चीन सरकार तथा चिनियाँ जनताले ती मुलुकप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह