फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वान लु शानमा भूकम्प गएकोप्रति बान कि मूनद्वारा दुःख व्यक्त

(GMT+08:00) 2013-04-22 10:10:41

            संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले एकाइस तारिखका दिन आफ्नो वक्तव्यमार्फत वक्तव्य प्रकाशित गरी चीनको स छ्वान प्रान्तको लु शानमा भूकम्प गएको तथा एकाइस तारिखमा गएको स-साना भूकम्पहरूबाट मानव हताहत र क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभयो।

           वक्तव्यमा श्री बान कि मूनले चीन सरकार तथा जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुका साथै भूकम्पबाट परिवारका सदस्य हराइएका तथा ठूलो प्रभाव परेका जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभयो। संयुक्त राष्ट्र संघले उद्धार गर्ने आवश्यक सहयोग र सबै अन्तर्राष्ट्रिय समर्थन गर्न तयारी गरिरहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

          पैचिङ समय गत बीस तारिख बिहान आठ बजेर दुई मिनेट जाँदा स छ्वान प्रान्तको यान आन शहरको लु शान जिल्लामा 7.0 रेक्टर स्केलको भूकम्प गएको थियो। एकाइस तारिखको अपरान्ह दुई बजेसम्म भूकम्पबाट 186 जनाको मृत्यु हुनुका साथै एकाइस जना बेपत्ता भएका थिए। साथै एघार हजार तीन सय त्रीयानब्बे जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह