फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई नेपाली सेवाका श्रोताद्वारा चीनको हालैको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि

(GMT+08:00) 2013-04-22 10:12:43

         सीआरआई रेडियो मोनिटर तथा सक्रिय श्रोता मानबहादुर खत्रीले हालै चीनमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु भएकाहरूप्रति हार्दिक शोक व्यक्त गर्नुभएको छ।उहाँ आफ्नो सन्देशमा लेख्नुहुन्छ-

         " विश्वको एकमात्र सुन्दर नगरी तथा दुर्लभ जीव मानिने पाण्डाको जन्मथलो तथा बसोबास मानिने चीनको स छ्वानमा गत बीस तारिख गएको ठूलो भूकम्पमा परी सयौँको मृत्यु भएको , हजारौँ घाइते भएका र अनेकौँ संरचना भत्केको कुराले आफूलाई गहिरो दुख लागेको छ। भूकम्पमा परी ज्यान गुमाउने चिनियाँ बन्धुहरूमा चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, सम्पूर्ण चिनियाँ जनता, चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ सरकारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह