फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत तथा पाकिस्तानका विभिन्न पक्षद्वारा चीनमा गएको भूकम्पमा परी हताहत भएकाहरूप्रति हार्दिक समवेदना

(GMT+08:00) 2013-04-22 10:15:23

          भारत तथा पाकिस्तानका विभिन्न पक्षले चीनमा हालै गएको भूकम्पमा परी हताहत भएकाहरूप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।भारतीय भाजपाका राष्ट्रिय प्रवक्ता विधायक तरुण विजयले एक समवेदना सन्देश जारी गर्दै हालै स छ्वानको लु सानमा गएको विनाशकारी भूकम्पमा परी हताहत हुनेहरूप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ।मृतआत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

           त्यसै गरेर पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारीले पनि एउटा शोक सन्देश जारी गर्दै हालै चीनमा गएको भयङ्कर भूकम्पमा परी मृत्यु हुनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।यस दुखबाट पार पाउन चीन सक्षम हुने विश्वास पनि उहाँले लिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह