फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वानको भूकम्पबाट दुई सयभन्दा बढी हताहत वा हराइरहेका

(GMT+08:00) 2013-04-22 10:25:45

         एकाइस तारिख दिउँसो दुई बजेसम्म लु शानमा गएको 7.0 रेक्टर स्केलको भूकम्पबाट पन्ध्र लाख जनाभन्दा बढी प्रकोपमा परेका छन्। तीमध्ये एक सय 86 जनाको मृत्यु हुनुका साथै एकाइस जना बेपत्ता भएका छन् साथै अरु एघार हजार तीन सय त्रीयानब्बे जना घाइते भएका थिए। हाल हताहतको अवस्था तथ्याङ्क लिने काम जारी छ। सरकारले जम्मा एक लाख 71 हजार प्रकोपपीडित सर्वसाधारणको बसोबास मिलाएको छ।

          चीनका उप-प्रधानमन्त्री वाङ याङले लु शान भूकम्प प्रकोप क्षेत्रमा निर्देशन कार्यको निर्देशन गरिरहनुभएको छ। उहाँले समयमै वैज्ञानिक रुपमा उद्धार गरी गाउँ-गाउँ अनि परिवार-परिवार गएर प्रकोपको अवस्था जाँचबुझ गर्न विभिन्न पक्षलाई आग्रह गर्नुभयो। हाल विभिन्न पक्षको उद्धार कार्य जारी छ।

          चीनको वातावरण संरक्षण मन्त्रालयका अनुसार, हिजो एकाइस तारिखसम्म स छ्वान प्रान्तका विभिन्न आणविक प्रबन्ध सुरक्षित रहेका छन्। यसबाहेक चीनको राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन समितिले भूकम्प क्षेत्रको स्वास्थ्य तथा रोग प्रतिरोध कार्यको राम्रोसँग गरी प्रकोप भएपछि ठूलो महामारी अवस्था हुननदिने प्रतिबद्धता जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह