फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हालसम्म चीनलाई भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय उद्धार नचाहिने: चीनको परराष्ट्र मन्त्रालय

(GMT+08:00) 2013-04-23 08:26:19

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले स छ्वान लु शानमा भूकम्प गएपछि अन्तर्राष्ट्रिय समूहले चीन सरकार र जनतालाई दिएको समवेदना र समर्थनप्रति चीनले धन्यवाद ज्ञापन गरेको कुरा व्यक्त गर्नुभएको छ। चीनको खोजि तथा उपचार शक्ति र उद्धार सामग्री प्रशस्त भएको र प्रकोप क्षेत्रको वातावरणमा केहि असुविधा भएपनि चीनलाई हालसम्म अन्तर्राष्ट्रिय उद्धार नचाहिएको कुरा पनि उहाँले जानकारी दिनुभएको छ।

         पेइचिङमा आयोजित एक नियमित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा व्यक्त गर्नुभएको हो। उहाँका अनुसार, यदि कुनै मुलुक र संगठनले चीनलाई रकम उद्धार दिने इच्छा लिएमा चीनको नागरिक मन्त्रालयले चीन सरकारतर्फबाट स्वीकार गर्नेछ साथै विदेशका लागि चिनियाँ राजदूताबासमार्फत दिनसक्नेछ। चीनको रेड क्रसले अन्तर्राष्ट्रिय रकम उद्धार लिने सम्पर्क उपाय सार्वजनिक गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह