फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पको प्रतिरोध र उद्धार, भूकम्पपछिको पुनःस्थापनामा अन्तर्राष्ट्रिय समाजको मद्दतप्रति चीनको धन्यवाद

(GMT+08:00) 2013-04-23 18:09:11
          भूकम्पपछि अन्तर्राष्ट्रिय समाजद्बारा चीनको प्रकोपग्रस्त क्षेत्रमा भएको क्षतिप्रति समवेदना प्रकट गरेकोमा चीन सरकारले धन्यबाद ज्ञापन गरेको छ। भूकम्पको प्रतिरोध र उद्धार कार्य, भूकम्प पछि प्रकोपग्रस्त क्षेत्रको पुनः स्थापनामा अन्तर्राष्ट्रिय समाजले गर्ने भनेको सहयोगप्रति पनि चीन सरकारले धन्यवाद व्यक्त गरेको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङले तेइस तारिखका दिन पैचिंगमा उक्त कुरा बताउनुभएको छ।

          प्रधानमन्त्री लीले मंगलबारै चीनको भ्रमणमा रहनुभएका थाइल्याण्डका काँग्रेस समितिका अध्यक्ष एवम् तल्लो सदनका सभामुख सोम्साक कियात्सुरानोन्तसँग भेटवार्ता गर्नुभएको थियो। थाइल्याण्डका राजा र सरकारले चीनको स छ्वाङको लु शाङमा भूकम्पपछि पठाएको समवेदना सन्देशप्रति उहाँले धन्यबाद प्रकट गर्नुभयो।

          त्यस क्रममा थाइल्याण्ड काङ्ग्रेस अध्यक्षले चीनको लु शाङमा गएको भूकम्पमा मृत्यु तथा घाइते भएका मानिसहरुप्रति हार्दिक संवेदना व्यक्त गर्नुभयो। उहाँले भूकम्प गएपछि चीन सरकारले भूकम्पको प्रतिरोध र उद्धार कार्यमा गरेको तदारुकताको उच्च सराहना गर्नुभयो।

          अप्रिल तेईस तारिख छ बजेसम्म अप्रिल बीसमा चीनको स छवानको लु शानमा गएको 7.0 रेक्टर स्केलको ठूलो भूकम्पमा परी 193 जनाको मृत्यु भएको छ साथै 25 जना बेपत्ता भएका छन्। र 12,211 जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह