फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा गएको भूकम्पको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपाली कांग्रेसका सभापतिले चिनियाँ राष्ट्राध्यक्षलाई पत्र पठाउनु भएको छ

(GMT+08:00) 2013-04-24 19:44:18

            नेपालको छिमेकी मित्रराष्ट्र चीनको सछवान प्रान्तमा गत शनिबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति नेपाल र नेपालीहरु पनि दु:खी बनेका छन् । नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चिनियाँ राष्ट्राध्यक्ष सि चिङ फिङलाई एक पत्र लेखी नेपाली कांग्रेस र आफ्नो तफबाट दु:ख व्यक्त गर्नु भएको छ ।

           नेपाली कांग्रेस केन्द्रीय कार्यालयले सी.आर.आई.लाई बताए अनुसार सभापति कोइरालाले गत मंगलबार चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्राध्यक्ष सि चिङ फिङलाई पत्र पठाउनु भएको हो । पत्रमा भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै चीन सरकार र चिनियाँ जनताले कठिन प्राकृतिक प्रकोपमा प्रभावकारी उद्दार कार्य गरेकोमा सभापति कोइरालाले प्रशंसा गर्नु भएको छ ।

           गत शनिबार चीनको स छवान प्रान्तमा केन्द्रबिन्दु रहेको 7 रेक्टर स्केलको भूकम्प गएको थियो । स छवान प्रान्तमै केन्द्रबिन्दु रहेको शक्तिशाली भूकम्प सन् 2008 मा पनि गएको थियो जसबाट ठूलो मात्रामा धनजनको क्षति भएको थियो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह