फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वान लु शान भूकम्पको उद्धार कार्य पाँचौँ दिनमा

(GMT+08:00) 2013-04-24 18:08:49

          स छ्वान प्रान्तको लु शानमा "अप्रिल 20" तारिख गएको 7.0 रेक्टर स्केलको ठूलो भूकम्प पछिको उद्धार कार्यको आज पाँचौँ दिन हो। 72 घण्टाको स्वर्ण बचाउ समय सकिसकेको छ तर खोजि कार्य अझै जारी रहेको छ।

          तेइस तारिख बेलुकि सात बजेसम्म स छ्वान प्रान्तको स्वास्थ्य तथा परिवार नियोजन विभागले पटक पटक गरी पन्ध्र हजार पाँच सय 54 जनाको उद्धार गरेको छ। साथै स छ्वान प्रान्तीय वित्त विभागका अनुसार, स छ्वानले एक अर्ब पचास करोड युआनको केन्द्रिय तथा प्रान्तीय राहत अनुदान गरेको छ। साथै स छ्वान प्रान्त अनुशासन समितिका सम्बन्धित अधिकारीले तेइस तारिख प्रकोप क्षेत्र पुगेर उद्धार रकम र सामग्रीको पर्यवेक्षण तथा व्यवस्थापन गरेका छन्।

          केही दिनयता अन्तर्राष्ट्रिय समूहले लु शान भूकम्प क्षेत्रको उद्धारमा निरन्तर रुपमा ध्यान दिनुका साथै चीन सरकार र लोक क्षेत्रको उद्धार कार्यमाथि सक्रिय मुल्याङ्कन गरेको छ।

          स छ्वान प्रान्तको जन सरकारको आकस्मिक निर्देशन केन्द्रका अनुसार, चौबीस तारिख साढे चौध बजेसम्म भूकम्पबाट 196 जनाको मृत्यु भएको छ भने 21 जना अझै बेपत्ता छन्। साथै एघार हजार चार सय सत्तरी जना घाइते छन्।

          साथै स छ्वान भूकम्प ब्यूरोका अनुसार, चौबीस तारिख दिउँसो दुई बजेसम्म लु शान भूकम्पग्रस्त क्षेत्रमा जम्मा गरी 4 हजार 1 सय 35 पटक कम्पन भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह