फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि चिन फिङद्वारा लु शान भूकम्पसम्बन्धी उद्धार कार्यको निर्देशन

(GMT+08:00) 2013-04-24 08:58:50

          चिनियाँ कमयुनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिले स छ्वान लु शान भूकम्पसम्बन्धी उद्धार कार्यको चौतर्फी रुपमा निर्देशन दिनका लागि हिजो तेइस तारिख बैठकको आयोजना गरेको छ। बैठकमा मुख्य कार्य भनेको उद्धार कार्य भएको र चिनियाँ कम्युनिष्ठ पार्टी केन्द्रिय समितिको एकीकृत व्यवस्थाबमोजिम अझै प्रभावकारी कदम र वैज्ञानिक उपायमार्फत उद्धार कार्य राम्रोसँग गर्नुपर्ने कुरामा जोड दिइएको थियो। सि चिन फिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको थियो।

          उक्त बैठकका अनुसार, हराइरहेका सर्वसाधारणको खोजी र घाइतेहरुको उपचार जारी राख्नुपर्छ, साथै प्रकोप क्षेत्रका सर्वसाधारणको आवश्यक जीवन अवस्थाको उचित रुपमा व्यवस्था गर्नुपर्छ, आवश्यक प्रबन्धको पुनःनिर्माण र फोहोरमैला सफा गर्नुपर्छ, मध्यम प्रकोपको पूर्वानुमान र प्रतिरोध बढाउनुपर्छ, मानव हताहत र क्षति प्रतिरोध गर्न सर्वसाधारणलाई तालिम दिनुपर्छ, पुनःउत्पादनको काम तथा पुनःनिर्माण कार्य राम्रोसँग गर्नुपर्छ, चौतर्फी तथा प्रभावकारी निर्देशन प्रणालीको स्थापना गर्नुपर्छ, उद्धारसम्बन्धी केन्द्रिय समितिको नीतिको पालना गर्दै उद्धार रकम तथा सामग्रीको व्यवस्थापन बढाउनुपर्छ। साथै सेना र सशस्त्र प्रहरीले केन्द्रिय समितिको एकीकृत व्यवस्थाबमोजिम निरन्तर रुपमा उद्धार कार्य गर्नुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह