फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उद्धारका लागि वास्तविक आवश्यक्ता बमोजिम सम्बन्धित मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग सम्पर्क राख्ने: चीनको परराष्ट्र मन्त्रालय

(GMT+08:00) 2013-04-24 08:59:27

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले चीनले भूकम्प उद्धार तथा पुनःनिर्माण कार्यको वास्तविक आवश्यक्ताबमोजिम सम्बन्धित मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग सम्पर्क राख्ने बताउनुभएको छ।

          हिजो तेइस तारिख पेइचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा व्यक्त गर्नुभएको हो। स छ्वानको लु शानमा भूकम्प गएपछि केही मुलुकले प्रकोप क्षेत्रमा उद्धार गर्ने इच्छा लिएपछि चीनले अन्तर्राष्ट्रिय उद्धार लिनेछ कि भन्ने पत्रकारको प्रश्नको उत्तर दिँदै श्रीमती ह्वाले स छ्वानको लु शानमा भूकम्प गएपछि केही मुलुक र अन्तर्राष्ट्रिय संगठनले विभिन्न माध्यमबाट समर्थन र उद्धार दिने इच्छा लिएको र त्यसबाट चिनियाँ जनताप्रतिको असल मित्रता प्रतिबिम्बित भएको बताउनुको साथै त्यसप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह