फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी निर्वाचन कार्यालय आक्रमणमा परेको

(GMT+08:00) 2013-04-29 09:34:03

          पाकिस्तानी प्रहरी पक्षका अनुसार, 28 तारिख उत्तर-पश्चिमी पाकिस्तानको निर्वाचन कार्यालयमाथि लक्षित आक्रमण गरेको छ। निर्वाचन कार्यालयबाहिर बम विष्फोट भएबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै 22 जना घाइते भएका छन्। हालसम्म कुनै पनि संगठनले उक्त आक्रमणको जिम्मा लिएको छैन।

           मे महिनाको 11 तारिख आम-निर्वाचन सुरु हुने भएकाले पाकिस्तानी तालिवानले पार्टीका उम्मेद्वार तथा नेतागणमाथि लक्षित कम्तीमा दशपटक आक्रमण गरेर आम-निर्वाचनमा प्रभाव पार्नखोजेको छ। प्राप्त जानकारीअनुसार यी आक्रमणमा परी कम्तीमा बीस जनाको मृत्यु हुनुका साथै धेरै उम्मेद्वार घाइते भएका छन्। सतारुढ पार्टी-पाकिस्तानी जन पार्टी, एकिकृत राष्ट्रिय क्रान्ति पार्टी र अवामि राष्ट्रिय पार्टीले तालिवानमाथि सैन्य गतिविधि चलाउन समर्थन गरेकाले आक्रमणको मुख्य लक्ष्य बनेका छन्। आक्रमणको धम्कीको कारण जन जातीय पार्टीले कराचि र पेशावर आदि क्षेत्रमा रहेका 50 भन्दा बढी निर्वाचन कार्यालय बन्द गरेको छ। एकिकृत राष्ट्रिय क्रान्ति पार्टीले कराचिमा आयोजना गर्नलागेको जनसभा स्थगित गर्नुका साथै अवामि राष्ट्रिय पार्टीले पनि यसै महिनाको सुरुमा दक्षिण क्षेत्रमा आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह