फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंग्लादेशमा भवन भत्किएर भएको दुर्घटनामा 3सय 97 जनाको मृत्यु

(GMT+08:00) 2013-04-29 10:35:55

         अप्रिल उन्नतीस तारिखका दिनसम्म, बंग्लादेशको इतिहासमा सबैभन्दा गम्भीर दुर्घटनाको रुपमा रहेको भवन भत्किएको दुर्घटनामा परी 3सय 97 जनाको ज्यान जानुका साथै अन्य 2हजार 5सयभन्दा बढी घाइते भएका छन्। साथै 9सयभन्दा बढी मानिसहरूको अवस्था अज्ञात रहेको छ।

          स्थानीय समयअनुसार चौब्बीस तारिख बिहान नौ बजेतिर बंग्लादेशको राजधानी ढाकाको कछाड क्षेत्रमा अवस्थित एउटा आठ तल्ले सपिङ्ग सेन्टर आकस्मिक रुपमा भत्किएको थियो। त्यस भवनमा पाँचवटा लुगा कारखानाका साथै जम्मा 3 हजार 1सय 22जना कामदार थिए। यसबाहेक अन्य सयौं वटा पसल र एउटा बैंक पनि थियो।

         अठाईस तारिखका दिन उद्धार कार्य पाँचौं दिनमा प्रवेश गरेको छ। अन्य दुई जनालाई बचाइएको छ भने सौभाग्यवश बाँचिरहेका नौजनालाई पनि पत्ता लगाइएको छ।

           साथै अठाईस तारिख राति उद्धार स्थलमै आगलागी भएबाट कम्तिमा तीनजना उद्धारकर्ता घाइते भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह