फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कश्मिरमा गाउं मुखियामाथि आक्रमण

(GMT+08:00) 2013-04-29 17:37:13

          एक शङ्कास्पद उग्रवादीले आइतबार साँझ भारत प्रशासित कश्मिरको एक गाउंका मुखियालाई गोलि हान्नुका साथै भारतीय प्रहरीलाई पनि आक्रमण गरेको जनाइएको छ।

          बताए अनुसार, एक दिन अघि उग्रवादीले चार प्रहरीलाई मारेको थियो।

          सन् 2011मा स्थानिय चुनावबाट सरपञ्चमा निर्वाचित गाउं मुखिया गुलाम मुहमद भाटलाई देब्रे हातमा गोली लागेको र तुरुन्तै अस्पताल लगेको प्रहरीले जनाएको छ।

           स्रोतका अनुसार, उग्रवादीले स्थानिय ग्रामीण निकायका सदस्यलाई निशाना बनाउंदै आएका छन्। साथै पदबाट राजिनामा दिन माँग पनि राख्दै आएका छन्।

          त्यसैगरी अर्को घटनामा प्रहरीले गाडि जाँच गर्न रोक्न खोज्दा प्रहरी माथि ग्रेनेड प्रहार गरेको तर कोहि पनि हताहत नभएको जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह