फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत तथा ईरानबीच वार्ता

(GMT+08:00) 2013-04-29 17:37:56

          ईरान तथा भारतीय पदाधिकारीबीच ईरान-पाकिस्तान ग्याँस पाइपलाइनलाई भारतसम्म विस्तार गर्ने सम्बन्धमा आउंदो हप्ता वार्ता हुने जनाइएको छ।

         भारतका लागि ईरानी राजदूत गुलामरेजा अन्सारीले दुई देश बीचको आर्थिक आयोग वार्ताको क्रममा पाइपलाइन विस्तार मुख्य विषय हुने बताएका छन्। उनका अनुसार, ईरानी विदेश मन्त्री अलि अकबर सालेहीको नेतृत्वको प्रतिनिधी मण्डलले भारतीय समकक्षसँग वार्ता गर्ने छ।

          स्रोतका अनुसार, मार्च एघार तारिखका दिन ईरानी राष्ट्रपति महमौद अहमदिनेजाद तथा पाकिस्तनी राष्ट्रपति असिफ अलि जर्दारीले संयुक्त रुपमा ईरानको दक्षिणपूर्वी शहरमा उक्त ग्याँस पाइपलाइनको उद्घाटन गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह