फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एनेकपा माओवादीको भारतप्रति हेर्ने नीति प्रचण्डको भारत भ्रमणताका फेरिएको विश्लेषण

(GMT+08:00) 2013-05-01 18:21:29

        एनेकपा माओवादीको भारतप्रति हेर्ने पुरानो नीति प्रचण्डको भारत भ्रमणताका फेरिएको विश्लेषण गरिएको छ।भारत भ्रमणबाट हालै स्वदेश फर्किएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्रमणबाट आशावादी बिचार पलाएको र एमाओवादीले भारतप्रति हेर्ने दृष्टिकोण फेरिएको विश्वास छ। उनले भारतसँग विश्वासको आधार तयार पार्ने, निर्वाचनको निम्ति सहयोग र आर्थिक विकासका एजेन्डालगायतका विषयमा सार्थक छलफल भएको बताएका र भ्रमणका क्रममा पार्टीको भारतबिरोधी कुनै पनि नीति कायम नरहेको भन्दै भारतीय नेतागणको विश्वास जित्न खोजेको देखिएको छ।

         भारत भ्रमणमा पुगेका दाहालले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेश मन्त्री सलमान खुर्सिद, विपक्षी दल भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, जनता दल युनाईटेडका अध्यक्ष शरद यादव लगायतका शीर्ष नेताहरु तथा उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा कुराकानी हुँदा आफ्नो पार्टी एनेकपा माओवादीको भारतप्रति हेर्ने कुनै फरक दृष्टिकोण नभएको तथा दुईपक्षबीच कुनै विवाद नरहेको प्रसङ्ग पनि उठेको थियो।

        विश्वासको आधार तयार पार्ने, दोस्रो निर्वाचनका निम्ति सहयोगको वातावरण मिलाउने र तेस्रो आर्थिक विकासका निम्ति छलफल गर्ने तथा द्विपक्षीय सहयोगलाई गुणात्मक ढङ्गले बढाउने भन्ने मूल उद्देश्य रहेको विश्वास गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह