फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतनियन्त्रित काश्मिरमा गएको 5.4 रेक्टर स्केलको भूकम्पमा परी सात स्कुले बालबालिका र दुई शिक्षक घाइते

(GMT+08:00) 2013-05-02 18:09:24

         हालै भारतनियन्त्रित काश्मिर तथा वरिपरिका क्षेत्रमा 5.4 रेक्टर स्केलको भूकम्पको गएको थियो।यसमा परी हिजो बुधबारसम्म कम्तीमा सातजना स्कुले बालबालिका र दुईजना शिक्षक घाइते भएको अधिकारीहरूले बताएका छन्।

         श्रीनगर शहरका अधिकारीहरूका अनुसार, स्थानीय समय गत मङ्गलबार अपरान्ह तीन बजेर एघार मिनेटको समयमा भूकम्प गएको थियो।भूकम्पको केन्द्र दोदा शहरको आसपासका विभिन्न तीनवटा स्कुलका कम्तीमा सातजना विद्यार्थीहरू र दुईजना शिक्षक त्यसमा परेर घाइते भएका थिए।

         समाचारमा जनाइएअनुसार, भूकम्पको कारणले चेनाब उपत्यकाका अधिकांश घरहरू चर्किएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह