फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बङ्गलादेशको एउटा भवन भत्कँदाको घटनामा हालसम्म चार सय पैंतीसको मृत्यु

(GMT+08:00) 2013-05-02 18:46:52

          बङ्गलादेशको उद्धार विभागले हिजो निश्चित गरेअनुसार, उद्धारकर्ताहरुले हिजै छ वटा शव फेला पारेका थिए। अहिलेसम्म बङ्गलादेशको राजधानी ढाकाको कछाड क्षेत्रमा पर्ने साभार गाउँमा गत महिना भएको भवन भत्केर भएको दुर्घटनामा परी चार सय पैंतीस जनाको मृत्यु हुनुका साथै दुई हजार चार सय सैंतीस घाइते भएका छन्। बङ्गलादेशको इतिहासमा भवन ढलेर भएको यो नै सबैभन्दा भयङ्कर दुर्घटना हो।

          स्थानिय सञ्चार माध्यमका अनुसार, यस भवनको निर्माण सन् 2006मा शुरु भएको थियो। त्यसबेला सरकारले चार तलाको भवनको निर्माण गर्न अनुमति दिएतापनि त्यस भवनका मालिकले त्यसको आधारमा अरु चार तला निर्माण गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह