फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हजारौं विदेशी व्यवसायी पहिलो चीन-दक्षिण एशिया एक्स्पोमा भेला हुने

(GMT+08:00) 2013-05-31 10:56:02

      पहिलो चीन-दक्षिण एशिया एक्स्पो अर्थात् एकाईसौं चीनको खुनमिङ्ग आयात निर्यात वस्तु मेला शुरु हुन लागेको परिप्रेक्ष्यमा त्यस एक्स्पोमा सहभागी हुने विदेशी व्यवसायको सङख्या एक हजार दुई सयभन्दा बढी नाघेको निश्चित गरिएको छ। त्यस सम्मेलन आयोजनाका लागि लाग्ने रकम करीब चार खर्ब सत्तरी अर्ब चिनियाँ युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ। युननान प्रान्तका उपप्रमुख काउ शु स्युनले तीस तारिखका दिन खुन्मिङ्गमा उक्त घोषणा गर्नुभएको हो।

      उहाँका अनुसार, यस पटकको एक्स्पोमा विश्वका पाँच सय अग्र व्यवसायमध्येको अमेरिकी माइक्रोसफ्ट कम्पनी, भारतीय टाटा ग्रुप बाहेक दक्षिण-पूर्वी एशिया, दक्षिण एशिया मुलुकका धेरै नामी व्यवसायहरूको सहभागिता हुनेछ।

      प्राप्त जानकारीअनुसार, पहिलो चीन-दक्षिण एशिया एक्स्पो अर्थात् एकाईसौं चीनको खुन मिङ्ग आयात र निर्यात वस्तु मेला आगामी जून छ देखि दश तारिखसम्म खुनमिङ्गमा आयोजना हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह