फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चीन-दक्षिण एशिया एक्स्पोमा 39 मुलुक तथा क्षेत्रका व्यवसायको सहभागीता

(GMT+08:00) 2013-06-04 16:56:44

           जुन छ तारिखका दिन आयोजना हुन लागेको पहिलो चीन-दक्षिण एशिया एक्स्पो अर्थात् 21औं चीन खुन्मिङ आयात-निर्यात उत्पादित वस्तुको व्यापार मेलाको तयारी कार्य सबै पूरा भैसकेको छ।

           यस पटकको एक्स्पो तथा व्यापार मेलामा दक्षिण एशियाली मुलुक प्रदर्शनी क्षेत्र, आशियान एवम् अन्य मुलुक तथा क्षेत्र प्रदर्शनी क्षेत्र, मेशिन प्रदर्शनी क्षेत्र तथा प्राण श्रोत प्रदर्शनी क्षेत्र राखिएको छ। साथै फर्निचर तथा ठूला ढाँचाका मेशिन भन्ने दुईटा बाहिरी प्रदर्शनी क्षेत्रको पनि बन्दोबस्त गरिएको छ। हालसम्म निश्चित भएको दक्षिण एशियाली मुलुकका प्रदर्शनी स्टलको संख्या 7 सय 48 पुगेको छ। दक्षिण एशियाका आठवटा मुलुकबाहेक, विश्वका अन्य 31 मुलुक तथा क्षेत्र एवम् हङकङ, मकाउ तथा थाइवानका व्यवसायहरुबाट निश्चित गरिएको प्रदर्शनी स्टलको संख्या 663 भएको छ।

          आर्थिक तथा व्यापारिक सहयोग क्षेत्रमा पनि टड्कारो उपलब्धि हासिल गरिने छ। प्राप्त आधारभूत तथ्याङ्क अनुसार, यस पटकको एक्स्पो तथा व्यापार मेलामा हस्ताक्षर हुने सहयोगात्मक सम्झौताको संख्या 417 रहेको छ र ती सम्झौताहरुले शिक्षा, वातावरणीय संरक्षण, पर्यटन लगायतका 23 वटा क्षेत्रलाई ढाक्नेछन्।

          पहिलो चीन-दक्षिण एशिया एक्स्पो तथा 21औं चीन खुन्मिङ आयात-निर्यात उत्पादित वस्तुको व्यापार मेलाको अवधिमा विविध कार्यक्रमहरुको पनि आयोजना हुने भएको छ। ती मध्ये अठार वटा महत्वपूर्ण कार्यक्रमहरु रहेका छन। जुन पाँच तारिख बेलुका आकर्षक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ। साथै एक्स्पो तथा मेलाको अवधिमा उत्पादित वस्तुको किनमेल मेला, लगानी प्रवर्द्धन सम्मेलन, चीन-दक्षिण एशिया वाणिज्य मञ्च, चीन-दक्षिण एशिया मैत्रीपूर्ण संगठन मञ्च आदि कार्यक्रमहरुको पनि आयोजना हुने भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह