फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेश्रो चीन दक्षिण एशिया मैत्री संस्था मञ्चको बैठकमा नेपालका मैत्री संस्थाहरुको सहभागि

(GMT+08:00) 2013-06-05 18:33:58

          तातेश्रो चीन दक्षिण एशिया मैत्री संस्था मञ्चको बैठकमा सहभागी हुन नेपालस्थित विभिन्न मैत्री संस्थाका पदाधिकारीहरु त्यसतफ प्रस्थान गर्नुभएको छ ।

          चीनको युन्नान प्रान्तको खुन्मिङमा आयोजना हुने तेश्रो चीन दक्षिण एशिया मैत्री संस्था मञ्चको बैठकमा सहभागी हुन नेपाल चीन मैत्री युवा संघका महासचिव चेतनाथ आचार्य, नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र शाह, वल्र्ड कल्चरल नेटका अध्यक्ष दिपक सरकार, नेपाल चीन समाजका अध्यक्ष प्रेमकुमारी पन्त, अरनिको समाजका अध्यक्ष डाक्टर सर्बोत्तम श्रेष्ठ, हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ लगायतका महानुभावहरु हिँजो त्यसतफ प्रस्थान गर्नुभएको हो । जुन 5 देखि 7 तारिख सम्म सञ्चालन हुने तेश्रो चीन दक्षिण एशिया मैत्री संस्था मञ्चको बैठकमा सहभागीहरु दुर्इ भागमा बाँडिएर साँस्कृतिक तथा आर्थिक प्रतिवदेनमाथि व्यापक अन्तरक्रियमा जुट्ने कार्यक्रम रहेको छ । त्यसका अतिरिक्त सहभागीहरुले आपसी हितका विविध पक्षमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ । साथै नेपाली प्रतिनिधिहरुले खुन्मिङमा यहि जुन 6 देखि 19 तारिखसम्म आयोजना हुने प्रथम चीन दक्षिण एसिया एक्स्पो एवम् 21औं चिनियाँ खुन्मिङ आयात निर्यात मेलामा समेत सक्रिय सहभागिता जनाउने भएका छन् । मेलामा सहभागी हुन उपराष्ट्रपति परमानन्द झा हिँजै त्यसतफ प्रस्थान गरिसक्नु भएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह