फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चीन दक्षिण एशिया एक्स्पो आज उद्घाटन नेपाली उप राष्ट्रपतिद्वारा सम्बोधन

(GMT+08:00) 2013-06-06 18:36:01

         पहिलो चीन दक्षिण एशिया एक्स्पो आज जुन छ तारिखको दिन चीनको युन नान प्रान्तको खोन मिङ शहरमा उद्घाटन भएको छ। सो उद्घाटन समारोहमा चीनका उप प्रधानमन्त्री मा खाइ, नेपालको तर्फबाट सम्मानीय उप राष्ट्रपति परमानन्द झा लगायत दक्षिण एशियाली राष्ट्र तथा आशियान मुलुकका उच्च स्तरीय नेताहरुको पनि उपस्थिती रहेको थियो।

         उद्घाटन समारोहमा यस एक्स्पोको मुख्य मुलुकको रुपमा रहेको बङ्गलादेशको तर्फबाट सम्बोधन गर्दै बंगलादेशका प्रधानमन्त्रीको सल्लाहकार एवम उद्योग मन्त्रीले यस एक्स्पोबाट सबैले आर्थिक लाभ लिन सक्ने बताउनुहुँदै चीन र भारतबीच आर्थिक मार्ग बनाउने जुन कुरा उठेको छ त्यसलाई समर्थन रहेको बताउनुभयो।

         त्यसैगरी चीनका उप प्रधानमन्त्री मा खाइले दक्षिण एशियाबाहेक सबै एशियाली मुलुक तथा विश्वसँगै मिलेर आर्थिक उन्नती गर्न तयार रहेको बताउनुभयो।

         सो उद्घाटन समारोहमा नेपालको सम्मानीय उप राष्ट्रपति परमानन्द झाले पछिल्लो दशकमा चीनले आर्थिक क्रान्ति गरेकोमा धेरै खुसि लागेको र विश्वलाई नै ऊर्जा दिएकोमा छिमेकी मुलुक नेपाललाई गौरव लागेको बताउनुभयो। साथै नेपालले विशेषत जलविद्युतमा विदेशी लगानी खोजिरहेको र चीनले सहयोग गर्दैआएकोमा आउँदा दिनमा अझै सहयोग गर्ने आशा रहेको बताउनुभयो। त्यसैगरी पछिल्लो समयमा चिनियाँ पर्यटक पनि धेरै मात्रामा नेपाल भ्रमणमा आएको कुरा पनि औँल्याउनुभयो। साथै उहाँले नेपालको संविधान प्रक्रिया अगाडि बढी रहेको पनि आफ्नो मन्तव्यमा राख्नुभयो।

         सो उद्घाटन समारोहमा अरु सहभागी मुलुकका उच्च स्तरीय नेतागणले पनि चीन तथा आर्थिक विकासकोबारेमा मन्तव्य राखेका थिए।

         स्रोतका अनुसार, यस एक्स्पोमा दक्षिण एशियाका आठ वटै राष्ट्र आशियान मुलुक अनि यसबाहेक जोर्डन, टर्की, इरान, इजरेल, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इटलि, फ्रान्सलगायतका गरी बयालीस वटा राष्ट्रको सहभागीता रहेको छ। सो एक्स्पोमा दुई हजार चार सय बीस वटा स्टल रहेका छन् भने दक्षिण एशियाली मुलुकतर्फबाट सात सय अठचालीस, चीनबाट करिब एक हजार वटा स्टल र बाँकि विभिन्न देश तथा क्षेत्रको स्टल रहेका छन्।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह