फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चीन-दक्षिण एशियाली विश्व एक्स्पोको परिमाण अभूतपूर्व

(GMT+08:00) 2013-06-10 17:50:55

          युननान प्रान्तको सदरमुकाम खुनमिङ्गमा आयोजित पहिलो चीन-दक्षिण एशियाली विश्व एक्स्पो अर्थात् एकाईसौं चीन खुनमिङ्ग आयात र निर्यात माल-सामान मेला दश तारिखका दिन सम्पन्न भएको छ। पहिलेका दक्षिण एशियाली मुलुकका माल-सामान प्रदर्शनी तथा खुन मिङ्ग आयात र निर्यात माल-सामान मेलाको दाँजोमा यस एक्स्पोको परिमाण अभूतपूर्व हुनुका साथै सहभागी ब्यापारीहरूको विचार र चासोमा निकै ठूलो परिवर्तन देखापरेको देखिन्छ।

           चीन-दक्षिण एशिया विश्व एक्स्पो लगातार पाँच वर्षसम्म आयोजना गरिएको दक्षिण एशियाली मुलुकका माल-सामान प्रदर्शनीबाट परिणत गरिएको हो। गतवर्ष राज्य परिषद्ले पहिलेको दक्षिण एशियाली मुलुकका माल-सामान प्रदर्शनीलाई अहिलेको चीन-दक्षिण एशिया विश्व एक्स्पोको स्तरमा उकास्नेगरी अनुमोदन गरेको थियो। त्यस एक्स्पोको कार्यालयका प्रमुख चाङ्ग दीका अनुसार, पहिलेको प्रदर्शनीलाई अहिलेको विश्व एक्स्पोको रुपमा बनाएपछि त्यसको वास्तविक विषय पनि झन् यथेष्ट बनेको छ। पहिलेका दक्षिण एशियाली माल-सामान प्रदर्शनीमा उत्पादित वस्तुको प्रदर्शन र बिक्री मात्र गरिएको थियो भने अहिलेको एक्स्पोमा सेवागत ब्यापार, लगानी तथा सहयोग र सँस्कृति तथा पर्यटन आदि विषय पनि समावेश छन्।

             श्री चाङ्गका अनुसार, त्यस एक्स्पोमा सहभागी मुलुकहरूको सङख्या होस् वा प्रदर्शन कक्षको क्षेत्रफल दुवै नै बितेका प्रदर्शनीभन्दा निकै बढी भएको देखिन्छ। दक्षिण एशियाका आठवटा मुलुक बाहेक विश्वका अन्य एकतीस मुलुक तथा क्षेत्रका ब्यापारी र व्यवसायहरूको सहभागिता भएको छ।

             बितेका केही वर्षयता ब्यापारिक क्षेत्रमा चीन तथा दक्षिण एशियाली मुलुक बीचको सहयोग झन् झन् गहिरिंदैआएको सिलसिलामा दुवै पक्ष बीचको ब्यापारिक रकम पनि द्रूत गतिले विकसित हुँदैगएको देखिन्छ। सन् 2000देखि सन् 2012सम्मको अवधिमा चीन तथा दक्षिण एशियाली मुलुक बीचको कूल ब्यापारिक रकम पहिलेको पाँच अर्ब सत्तरी करोड अमेरिकी डलरबाट बढेर त्रीयान्नब्बे अर्ब अमेरिकी डलरसम्म पुगेको छ। के भन्नसकिन्छ भने हाल दक्षिण एशिया युन नानका लागि मुख्य ब्यापारिक साझेदार बनिसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह