फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआईका विदेशी विशेषज्ञद्वारा नवौँ चीन पैचिङ अन्तर्राष्ट्रिय बगैँचा एक्स्पोको अवलोकन

(GMT+08:00) 2013-06-15 18:55:12

              सिआरआईका विदेशी विशेषज्ञहरूले आज नवौँ चीन पैचिङ अन्तर्राष्ट्रिय बगैँचा एक्स्पोको अवलोकन गरेका छन्।पैचिङको फङथाई जिल्लामा निकै फराकिलो स्थानमा आयोजना भएको उक्त एक्स्पो आगामी नोभेम्बरसम्म जारी रहनेछ।चीनका शहर तथा प्रान्त गरेर 30 वटा बगैँचा एक्स्पोका साथै विभिन्न देशले समेत भाग लिएका छन्। नेपालीहरूको तर्फबाट काठमाण्डौ स्टल, ललितपुर स्टल र नेपाल स्टल गरेर जम्मा तीनवटा स्टल रहेका छन्।सिआरआईका विदेशी विशेषज्ञहरूले उक्त स्थानमा गएर योजनाबद्ध तरिकाले करिब छ घण्टा व्यतित गरेका थिए।

          योङ तिङ नदीको किनारमा आयोजना गरिएको उक्त एक्स्पोभित्र पूर्ण हरियाली वातावरण रहेको पाइएको छ।सून्य प्रदुषणका विद्युतीय गाडीहरूले अवलोकनकर्तालाई सेवा दिएका थिए।चिनियाँ फूलबारी सङ्ग्रहालयसमेत रहेको उक्त केन्द्रमा चिनियाँ संस्कृति, कला तथा मेहनत पोखिएको र पूर्ण रुपमा चुस्त रहेको पनि पाइएको छ।

           भूमिगत रेलको 14 नंबर लाइन तथा सार्वजनिक बसहरूबाट समेत जान सकिने उक्त स्थान अत्यन्त रमणीय, सुन्दर र शान्त पनि बनाइएको छ।स्वदेशी तथा विदेशी जनताको प्रचुर उपस्थिति रहेको उक्त एक्स्पो पैचिङको एउटा विशेष नमुना बनिसकेको ठहर पनि गरिएको छ।

दयाराम दहाल

पैचिङ बगैँचा एक्स्पो स्थल

पैचिङ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह