फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमा विश्व शान्ति संरक्षणको एक महत्वपूर्ण शक्ति चिनियाँ सेना

(GMT+08:00) 2013-08-01 19:07:33

         अगष्ट एक तारिख चिनियाँ जन मुक्ति सेना स्थापना भएको 86‌औं वार्षिकोत्सव हो। बितेका 86 वर्षमा चिनियाँ सेना एउटा स्थल, जल तथा वायु सेना लगायतका विविध किसिमका सेनाबाट गठित आधुनिक सेना बनेर विश्व शान्ति संरक्षण क्रममा महत्वपूर्ण शक्ति बनिरहेको छ। 31 तारिखका दिन आयोजित चिनियाँ सेना स्थापना भएको 86‌औं वार्षिकोत्सव भोजमा चिनियाँ सेनाप्रति बढ्दै आएको शंकाको जवाफ दिँदै चिनियाँ रक्षा मन्त्री छाङ वानछ्युआनले भन्नुभयोः चीनले रक्षात्मक नीतिलाई अडिगताका साथ अंगाल्दै जाने छ। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले पठाएको सम्बन्धित विस्तृत विवरणः

          तपाईंले सुनिरहनुभएको आवाज अगष्ट एक तारिख चिनियाँ जन मुक्ति सेना दिवस अघि सुडानको दारफुरमा चिनियाँ शान्ति संरक्षण सेनाले गरेको अभ्यास हो। दारफुरमा चिनियाँ शान्ति संरक्षण सेनाका क्याप्टेन तु मोफैले यस पटकको अभ्यासबाट शान्ति सेनाको आत्म रक्षा क्षमताको परिक्षण गर्दै माथि उकासेको बताउनुभयो।

          सुडानको दारफुरमा शान्ति संरक्षण गर्नु अन्तर्राष्ट्रिय मामिलामा चिनियाँ सेनाको सक्रिय सहभागिताको सानो रुप मात्र हो। चिनियाँ सेनाको विकास र निर्वाह गरेको कार्यभारको विस्तार क्रममा अन्तर्राष्ट्रिय मञ्चमा चिनियाँ सेनाले झन् झन् बढी भूमिका खेल्दैआएको छ। संयुक्त राष्ट्र संघको शान्ति संरक्षण होस् वा आडिन खाडी क्षेत्रमा जहाजको संरक्षण लगायत गैर-युद्ध कार्वाही वा चिनियाँ विदेशी सैन्य अभ्यास वा संयुक्त तालिम आदि अन्तर्राष्ट्रिय सहयोगमार्फत पहिलेको रहस्यमय चिनियाँ सेनाको रुप खुला र पारदर्शी बन्दै आएको छ।

          हालसम्म चिनियाँ सेनाले विश्वका 150 वटा मुलुकसँग सैनिक सम्बन्ध राखिसकेको छ। साथै चिनियाँ सेनाले 30 वटा मुलुकका सेनासँगसँगै मिलेर 60 पटक संयुक्त सैन्य अभ्यास वा तालिम गरिसकेको छ। यसका अतिरिक्त, संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका स्थायी सदस्य मुलुकमध्ये चीन नै सबभन्दा धेरै शान्ति संरक्षण सेना पठाउने सदस्य मुलुक हो। केही समयअघि मालीस्थित संयुक्त राष्ट्र संघीय मिलिजुली स्थिरता विशेष टोली, चिकित्सा टोली र प्रहरी टोली लगायत चार सय जना सेनालाई पठाउने निर्णय चीन सरकारले गरेको छ। यसबारे चर्चा गर्दै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कङ यानशङले भन्नुभएको छः

          "मालीमा पठाइएको शान्ति संरक्षण सेना, चिनियाँ सेनाले शान्ति संरक्षणमा पठाएको पहिलो सुरक्षा फौज हो। यसबाट चीनले आफ्नो अन्तर्राष्ट्रिय कर्तव्यलाई व्यवहारमा उतारी विश्वको शान्ति र स्थिरताको संरक्षणको लागि गरेको सकारात्मक प्रयास भन्ने बुझिन्छ।"

          यसका साथै चिनियाँ सेना र विदेशी सेना बीच व्यापक सहयोग पनि भैरहेको छ। चीन र रुसका नौ सेनाको समुद्रमा संयुक्त अभ्यास-2013 भरखरै सम्पन्न भएको छ।

          यस पटकको अभ्यासमा चिनियाँ र रुसी नौ सेनाले रणनीति लगायतका विविध तहमा घनिष्ट सहयोग गरेका छन्। यसबारे चर्चा गर्दै रुसी नौ सेनाका उप चीफ अफ स्टाफ मेजर जनरल सुहानोभले भन्नुभएको छः

          "हामी दुई देशका नौ सेनाको तालिम स्तर, युद्ध तयार क्षमतालाई उकास्नु यस पटकको अभ्यासको उद्देश्य रहेको छ। एशिया-प्रशान्त क्षेत्रका दुईटा ठूला मुलुक चीन र रुसले आपसी सहयोगलाई मजबूत पारी सुरक्षा धम्कीको संयुक्त सामना गरेका छौं। यस पटकको संयुक्त अभ्यासबाट यसै क्षेत्रको सुरक्षा र आ-आफ्नो देशको हितको संरक्षण गरेको छ र अन्य मुलुकको लागि राम्रो नमूना बनाएको छ।"

          देशको भूभाग र सार्वभौमसत्ताको अक्षुणताको अडिग संरक्षक चिनियाँ सेना संयम तथा बुद्धिमान रहँदै आएको छ। तर चिनियाँ सेनाको शक्तिको विस्तारप्रति बाह्य विश्वले शंका व्यक्त गर्दै आएको छ। यसबारे चर्चा गर्दै 31 तारिखमा आयोजित चिनियाँ सेना स्थापना भएको 86‌औं वार्षिकोत्सव भोजमा चिनियाँ रक्षा मन्त्री छाङले भन्नुभएको छः

         "हामीले शान्ति विकास बाटोमै अडिगताका साथ रक्षात्मक नीति अंगाल्दै जाने छौं। पहिले झैं पछि पनि विभिन्न मुलुकसँगको सैन्य सहयोग र आपसी समझदारीलाई बढाउँदै जाने छौं। साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा मामिलामा भाग लिएर अन्तर्राष्ट्रिय सुरक्षा क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गर्दै जाने छौं। मानवजातिको शान्ति र विकासको लागि।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह