फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्ति र बिकासमा नेपाल चीन सम्बन्ध महत्वपूर्ण रहेको नेपालका एकजना पूर्व प्रधानमन्त्रीले बताउनु भएको छ

(GMT+08:00) 2013-08-02 18:44:46

        नेपाल चीन समाजले हिजो बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्ममा बोल्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र चीनबीचको सम्बन्धले अन्तर्राष्टि्रय क्षेत्रमै शान्ति, विकास र भातृत्व फैलाएको बताउनुभयो । नेपाल र चीनबीचमा कुटनीतिक सम्बन्ध स्थापनाको 58 औँ वाषिकोत्सवका अवसरमा आयोजित सो कार्यक्ममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेपालले चीनबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।

        सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत ऊ छुन्थाईले नेपाल र चीनबीचमा कुटनीतिक सम्बन्ध स्थापना भएर सफलतापूर्वक 58 वर्ष पार भएको बताउनुभयो । उहाँले नेपालले लिँदै आएको एक चीनको नीतिको प्रशंसा गर्दै नेपालको विकासमा चीनले दिएको सहयोगलाई बढाउँदै लगिने बताउनुभयो ।

        कार्यक्ममा नेकपा एमालेका प्रदीप ज्ञवालीले चीन नेपालको अशल छिमेकी मित्रराष्ट्र भएको बताउँदै नेपाल र चीन कुटनीतिक सम्बन्ध पन्चशीलको सहअस्तित्वमा रहेको बताउनुयभो । त्यसैगरी नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले नेपाल र चीनबीचको कुटनीतिक सम्बन्ध नयाँ आयाममा प्रवेश गरेको र आपसी भ्रमणको आदानप्रदानले यसलाई अझै मजबुत बनाएको बताउनुभयो ।

        कार्यक्ममा नेकपा माओवादीका उपाध्यक्ष सी.पी. गजुरेल, राष्टि्रय जनशक्ति प्रजातन्त पार्टीका डा प्रकाशचन्द्र लोहनी, नेमकिपाका प्रेम सुवाल, कुटनीतिज्ञ राजेश्वर आचार्य तथा जयराज आचार्यले पनि नेपाल र चीनबीचमा कुटनीतिक सम्बन्ध स्थापनाको 58 औँ वाषिकोत्सवमा शुभकामना दिनु भएको थियो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह