फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत जुलाई महिनामा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक 18 प्रतिशतले वृद्धि भएका छन्

(GMT+08:00) 2013-08-05 17:20:13

             नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु गत जुलाई महिनामा पनि उल्लेख्य रुपमा बढेका छन्। गत वर्षको जुलाइमाभन्दा चालु वर्षको जुलाई महिनामा नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकहरु 18 प्रतिशतले बढेका छन्।नेपाल पर्यटन बोर्डले सी.आर.आई.लाई उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्षको जुलाई महिनामा 4 हजार 2 सय 4 जना चिनियाँले नेपालको भ्रमण गरेका थिए भने चालु वर्षको जुलाईमा 4हजार 9 सय 57 जना चिनियाँले नेपालको भ्रमण गरेका छन्। त्यसैगरी गत वर्षको जनवरीदेखि जुलाइसम्म 7 महिनाको अवधिमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 27 हजार एक सय 7 थियो । चालु वर्षको सोही अवधिमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु 27 प्रतिशतले वृद्धि भई66 हजार 7सय 89 जनाले नेपालको भ्रमण गरेका छन्। अहिले नेपाली पर्यटन बजारमा चिनियाँ पर्यटकको हिस्सा 12 प्रतिशत रहेको छ ।नेपालमा भ्रमण गर्ने चिनियाँ पर्यटकका लागि अगष्ट महिना निकै नै आकर्षक मानिन्छ । अगष्ट महिनाका लागि चीनको क्वाङ्‍चाउबाट काठमाडौँ उडान गर्दै आएको चाइना साउर्दन एयरलाइन्सका सबैजसो टिकट बुक भइसकेको सो कम्पनीका काठमाडौँका कार्यालयका महाप्रवन्धक रेबिकाले सी.आर.आई.लाई बताउनुभयो । चीनबाट नेपाल उडान गर्ने अन्य एयरलाइन्सले पनि सबैजसो टिकट बिक्री गरिसकेकाले यस अगष्ट महिनामा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या अझै बढ्‍ने संभावना रहेको छ ।

चेतनाथ आचार्य

सी.आर.आई.

काठमाडौँ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह