फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अध्ययन केन्द्रले चिनियाँ नयाँ नेतृत्वका बारेमा पुस्तक प्रकाशन गरेको छ

(GMT+08:00) 2013-08-06 16:58:02

            नेपाल र चीनबीचको मैत्री सम्बन्धमा काम गर्दै आएको चीन अध्ययन केन्द्रले चिनियाँ नयाँ नेतृत्वलाई परिचय गराउँदै पुस्तक प्रकाशन गरेको छ । हिजो सोमबार काठमाडौँमा विमोचित पुस्तकको नाम चीनको नयाँ नेतृत्व (पाँचौँ पुस्ता) रहेको छ ।

           केन्द्रले प्रकाशन गरेको पुस्तकलाई नेपालका लागि चिनियाँ राजदूत उ छुन्थाई, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिद्बय प्राध्यापक केदारभक्त माथेमा र प्राध्यापक डा. माधवप्रसाद शर्मा तथा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर त्रिरत्न माननन्धरले संयुक्त रुपमा हिजो विमोचन गर्नुभयो ।

             यस पुस्तकमा अहिले चीनलाई नेतृत्व गर्ने चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ व्यक्तित्वहरुको परिचय दर्शाइएको छ । चीनका राष्ट्राध्यक्ष, प्रधानमन्त्री लगायत उच्च नेताहरुको योगदान तथा इतिहासलाई रङ्गीन सचित्र वर्णन गरिएको छ ।

           चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी, नेपालका वरिष्ठ विद्बानहरु, पत्रकार तथा चीन विज्ञहरुले नेपाल चीन मैत्री सम्बन्धका बारेमा लेखहरु लेख्नुभएको छ । पुस्तकमा समेटिएका नेपाली विद्बानहरुका लेखले नेपाल र चीनबीचको आर्थिक साझेदारी, इतिहासदेखि भविष्यसम्मको सहकार्य तथा नेपालको विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगलाई समेत उजागर गरिएको छ ।चीन अध्ययन केन्द्रले चीनका बारेमा महत्वपूर्ण पुस्तकहरु प्रकाशन गर्ने, अनुवाद गर्ने तथा नियमित रुपमा जर्नल प्रकाशन गर्दै आएको छ ।

चेतनाथ आचार्य

सी.आर.आई.

काठमाडौँ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह