फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"दक्षिणी चिनियाँ सामुद्रिक आचार संहिता"प्रति चिनियाँ परराष्ट्र मन्त्रीद्बारा चार निर्णय प्रस्ताव प्रस्तुत

(GMT+08:00) 2013-08-06 17:00:12

           यसै अगष्ट पाँच तारिखका दिन भियतनामको भ्रमणमा रहनुभएका चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले "दक्षिणी सामुद्रिक क्षेत्र सम्बन्धी विभिन्न पक्ष गतिविधि घोषणा"भन्ने प्रारुपमा आधारित भई "दक्षिणी चिनियाँ सामुद्रिक आचार संहिता" प्रवर्द्धन गर्ने प्रगतिमा चीनको अडानबारे प्रकाश पार्नुभएको छ। त्यस अवसरमा वाङ्गद्वारा प्रस्तुत चार निर्णय प्रस्ताव भनेको"उचित पूर्वानुमान,सहमतिका लागि सरसल्लाह,ब्यवधान अन्त्य र क्रमिक प्रवर्द्धन"भन्ने रहेको छ।

            सन् 2002 मा चीनले आशियानका विभिन्न मुलुकसँग"दक्षिणी सामुद्रिक क्षेत्र सम्बन्धी विभिन्न पक्ष गतिविधि घोषणा"मा हस्ताक्षर गर्दै विभिन्न पक्षबीचको सहमतिको आधार "दक्षिणी चिनियाँ सामुद्रिक आचार संहिता"को तर्जुमा गर्नुपर्छ भन्ने अडान प्रकट गरेको थियो। यस वर्षको मध्य अवधिमा आयोजित पूर्वी एशियाबीचका श्रृङ्खलाबद्ब विदेश मन्त्रीस्तरीय सम्मेलनमा चीन र आशियानका विभिन्न मुलुकले"दक्षिणी चिनियाँ सामुद्रिक आचार संहिता"को तर्जुमाका लागि छलफल गर्न स्वीकार गरेका थिए।

             चीनको सामाजिक तथा वैज्ञानिक प्रतिष्ठान अन्तर्गत सीमा इतिहास अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता ली क्वो छ्याङ्गले पत्रकारसँग कुराकानी गर्दै हाल सम्बन्धित विभिन्न पक्षबीच सहमत्ति र विश्वास कम भएका कारण"दक्षिणी चिनियाँ सामुद्रिक आचार संहिता"लाई प्रवर्द्धन गर्नु एक दीर्घकालीन कार्य भएको टिप्पणी गर्नुभएको छ। यसै सन्दर्भमा परराष्ट्रमन्त्री वाङ्गले गत पाँच तारिखका दिन स्पष्ट रुपमा "दक्षिणी चिनियाँ सामुद्रिक आचार संहिता"लाई प्रवर्द्धन गर्नेमा सबैभन्दा व्यापक सहमति खोज्नुपर्ने बताउँदै केही मुलुकले आफ्नो व्यक्तिगत इच्छालाई अन्य मुलुकमाथि थोपर्न नहुने विचार व्यक्त गर्नुभएको छ। मन्त्री वाङ्गका अनुसार चीन र आशियान मुलुकले"दक्षिणी चिनियाँ सामुद्रिक आचार संहिता"को तर्जुमाबारे धेरै पटक छलफल गरेका भए तापनि केही हस्तक्षेप भएको कारण स्थगित भएको थियो। सबै चुनौती र हस्तक्षेप हटाएर"दक्षिणी चिनियाँ सामुद्रिक आचार संहिता"का लागि आवश्यक पूर्वाधार र वातावरण सिर्जना गर्नुपर्ने उहाँको तर्क छ। यसप्रति छिङ्ग ह्वा विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानून प्राध्यपक ली चाउ जेले यसरी भन्नुययो: हाल केही वर्षयता दक्षिणी चिनियाँ सामुद्रिक समस्या झन् झन् जटिल हुँदै गएको देखिन्छ। यस परिवेशमा अमेरिकाले दक्षिणी चिनियाँ सामुद्रिक क्षेत्रलाई आफ्नो एशिया क्षेत्रको रणनीतिको रुपमा लिई फिलिपिन्स,भियतनामको अडानमा समर्थन दिनुसित घनिष्टरुपमा सम्बन्धित छ। त्यसैले "दक्षिणी चिनियाँ सामुद्रिक आचार संहिता"को तर्जुमा गर्नुपर्छ जसबाट विदेशी कारक तत्वलाई किनारा लगाउन सकिनेछ।

             "दक्षिणी चिनियाँ सामुद्रिक आचार संहिता"को तर्जुमा खास विवादको समाधान गर्नु होइन बरु संयुक्त रुपमा दक्षिणी चिनियाँ सामुद्रिक क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्नु हो। दक्षिणी चिनियाँ सामुद्रिक समस्या चीन र आशियानबीचको समस्या होइन बरु चीन र केही दक्षिण-पूर्वी एशियाली मुलुकहरुबीचको समस्या हो। चीनको सामाजिक तथा बैज्ञानिक प्रतिष्ठानको सीमा इतिहास अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता ली क्वौ छ्याङ्गले"दक्षिणी चिनियाँ सामुद्रिक आचार संहिता"को तर्जुमा आवश्यक भएको बताउँदै तथापि यस सँहिताले सम्पूर्ण रुपमा यस समस्याको समाधान गर्न नसक्ने दावी गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह